के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

13 April 2024

फलाँटेलाई स्तब्ध पार्दै चौताराले हात पार्यो १४ औँ वाका तथा दोस्रो अध्यक्ष कप २०८०

 छार वाका राह युवा क्लबको आयोजनामा सञ्‍चालन भएको १४ औँ वाका तथा दोस्रो अध्यक्ष कप २०८० नेत्रवती डवजोङको चौतारा युवा क्लब "ए" ले हात पारेको छ। आज भएको फाइनल खेलमा म्यागङ गाउँपालिका वडा नं. ६ को फलाँटे युवा क्लब "सी" लाई ०-२ ले पराजित गर्दै चौताराले उपाधि चुमेको हो।

Team Photo of Chautara Youth Club 'C'
विजेता चौताराले नगद रु.२,००,०००/- ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्‍त गर्‍यो भने उप-विजेता फलाँटेले रु.१,००,०००/- ट्रफी, मेडल र प्रमाणपत्र हासिल गर्‍यो। दुई सेमी फाइनलिस्ट छार वाका राह युवा क्लब "सी" र ज्लालामुखीले पनि रु.२५/२५ हजार हात पार्‍यो। विक्रम सम्वतको पहिलो दिनको दिन भएको फाइनलमा खेल हेर्ने दर्शकको ठूलै घुइचो रहेको थियो। चौतारा युवा क्लब "सी" लाई हार्दिक वधाई तथा सहभागि अन्य टीमहरुलाई अर्को संकरणको लागि शुभकामना।

जानकारी तथा फोटो स्रोत: सपोर्ट धादिङ फुटवलको फेसबुक पेज